| आइतवार, कार्तिक २२, २०८३

अधिवेशनमा औषधीब्यवसायीको पीरमर्काको उजागर

दरोँदी समाचारदाताः नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा संगमबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् । आइतबार सदरमुकाममा भएको संघको तेस्रो अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन भएका छन् । अध्यक्षमा श्रेष्ठसँगै सन्देश मास्के र अयोध्या जोशी गरी तिन जनाको उम्मेदवारी परेपनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा विनोद अर्याल, महासचिवमा डा. सन्दिप गोरखाली, कोषाध्यक्ष गोमा कुमारी भट्टराई ढकाल, उपमहासचिवमा गोकर्ण थापा र उपकोषाध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रतिभा काराखेति, रामहरी विसुङ्के र तेज बहादुर तिवारी निर्विरोध भएको निर्वाचन अधिकृत डिलबहादुर बस्नेतले जानकारी दिए ।

गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले औषधी ब्यबसायी हरु नै एकजुट भएर आफ्नो हक हितका लागि लड्नुपर्ने बताएका छन् । औषधी ब्यवसायी संघको आइतबार आयोजित अधिवेशनमा बोल्दै मेयर पन्तले भाषणले मात्रै देशमा संवृद्धि नआउने भन्दै ब्यबहार पक्ष सुदृढ हुनुपर्नेमा जोड दिएका थिए । औषधी ब्यबसायी संघका साबिकको गण्डकी अञ्चल अध्यक्ष रामबहादुर केसीले औषधी ब्यसायीहरुलाई बिभिन्न निकायले अनुगमनको नाममा दुख दिने गरेको भन्दै गुनासो गरे । ‘समय समयमा औषधी ब्यबस्था बिभाग, स्थानीय सरकार र प्रशासनका टोली अनुगमनका नाउँमा ब्यबसायीहरु को स(साना कमी कमजोरी देखेपनि बन्दै गराउनु पर्छ, कारवाही नै गर्नुपर्छ भन्दै दुख दिने गर्छन्’, उनले भने, ‘हामीले करोडौँ खर्च गरेर ब्यबसाय सञ्चालन गरेका हुन्छौँ । देशमा रोजगारी सिर्जना गरेका हुन्छौँ । राज्यलाई कर तिरेका हुन्छौँ । अनि हाम्रो सानो कमजोरीमा पनि किन कारवाही गर्ने ?’ औषधी ब्यबसायी हरु ले मापदण्ड बिपरित काम नगर्ने औषधी ब्यबसायी संघका केन्द्रिय सदस्य टंक अधिकारीले तर्क गरे । ‘हाम्रो ब्यबसाय भनेको अरुको ज्यान जोगाउने पेशा हो । हामी औषध हैन औषधी बेच्छौँ । तर, सरकारले पटक पटक हामी ब्यबसायीहरुलाई घोर्के ठ्याक लगाउने काम गरिरहेको छ ।’ब्यबसायीहरुको समस्या समाधान गर्न संघ सधैँ लागि पर्ने औषधी ब्यबसायी संघका केन्द्रिय सचिव यमनाथ पौडेलले बताए । उनले भने, ‘त्यस्ता लान्छनालाई चिरफार गर्दै सम्पूर्ण ब्यबसायीहरुको समस्या समाधान गर्न संघ सधैँ लागि पर्नेछ ।’ कार्यक्रम नेपाल औषधी ब्यबसायी संघ गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल औषधी ब्यबसायी संघ गोरखाका अध्यक्ष श्रेष्ठले भने, ‘हामी ब्यबसायीक हक हितका लागि मात्रै हैन । दुख र समस्यामा परेका आम सर्ब साधारण नागरिकको हक हितका लागि काम गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्