
गोरखा बारपाक मोटरसाइकल ¥यालीमा सन्तोष श्रेष्ठले हात पारे एकलाख
गोरखा सदरमुकामदेखि बारपाकसम्म गरिएको मोटरसाईकल ¥यालीको आइतबार समापन गरिएको छ । शनिबार गोरखा सदरमुकामको ठूलो आगनदेखि सुरु भएको ¥याली आईतबार सदरमुकामको रानीपोखरीमा समापन भएको आयोजक गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङले बताए ।
यात्रा गोरखा सदरमुकाम देखि घ्याम्पेशाल, देउराली, सीतागुफा, राङरुङ हुँदै बारपाक पुगेको सो ¥याली बारपाकबाट भालुस्वाँरा छेपेटार हुदै सदरमुकामको रानीपोखरी परिसरमा समापन कार्यक्रममा परिणत भएको थियो । समापन कार्यक्रममा सहभागी मध्येबाट गोलाप्रथा गरी पहिलो हुने सन्तोष श्रेष्ठलाई एकलाख, दोस्रो हुने प्रविन श्रेष्ठलाई ७५ हजार र तेस्रो हुने आशकुमार श्रेष्ठलाई ५० हजार पुरस्कार सहित १० जनालाई हेलमेट तथा पाँच जनालाई उपहार दिईएको क्लवका सल्हाकार दिपेन्द्र श्रेष्ठले बताए ।
५० वटा मोटरसाईकमा सवार एकसय जना ¥यालीका सहभागीले गोरखा बारपाकको करिब करिब ५४ किलोमिटर यात्रा गरेका थिए । ¥यालीमा गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका लगायतले आर्थिक सहयोग गरेका थिए । काठमाण्डौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट मोटरसाईकल यात्रामा युवाहरु सहभागी भएका थिए ।
गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले मन्तव्य राखेका थिए ।




