| आइतवार, कार्तिक २२, २०८३

पर्यटकको सामग्री चोर्ने युवक प्रहरी नियन्त्रणमा

दरौँदी समाचारदाताः गोरखा भ्रमण आएका पर्यटकको सामग्री चोर्ने एक युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । दैलेख, जाजरकोट लगायत बिभिन्न जिल्लाबाट आएका पर्यटकहरु सवार ना २ ख १०८३ नम्बरको यात्रुबाहक बसबाट सामग्री चोरी गर्ने गोरखा नगरपालिका ९ का १९ वर्षिय बिनोद सिर्मललाई प्रहरीले पक्राउ गरेको हो ।

बसपार्कमा पार्किङ गरेर राखेको बसबाट ब्लाङ्केट, साउन्ड बक्स, गाडीको मूर्ती, ज्याकेट, ब्याग चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएको सामग्र पर्यटकहरुलाई फिर्ता गरिएको छ । चोरीमा संलग्न उनलाई पक्राउ गरी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्