| आइतवार, कार्तिक २२, २०८३

६० लाख लगानीमा गोरखामा सिरक, दसना उद्योग

दरौँदी समाचारदाता ः गोरखा नगरपालिका वडा नम्बर ८ मा स्थानीय बिनोद बस्नेतले ६० लाख लगानीमा बिस्नेत कपास तथा सिरक दसना उद्योग संचालन गरेका छन् । जर्मन प्रविधिको मेसिन भारतबाट ल्याएर गोरखामै सिरक, दसना, सिरानी बनाउन सुरु गरिएको उनले बताए । कच्चा पदार्थ सहित उद्योगमा ६० लाख लगानी भएको संचालक बस्नेत बताउँछन् ।
‘दुई महिना समय लाग्यो, अझै केही प्राविधिक काम बाँकी छ’ संचालक बस्नेतले भने ‘हरेक दिन चार सय थान उत्पादन गर्ने क्षमता उद्योगले राख्छ ।’ उक्त उद्योगको शनिवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उद्योग संचालन भएपछि अन्यत्रबाट आयात भईरहेको सिरक, डसना यहाँ नै उत्पादन हुनेछ । मेसिनबाटै सिलाई हुने भएकाले छिटो र बलियो हुने संचालक बस्नेत बताउँछन् । गोरखा नगरपालिका ८ बगैँचाटोल स्थित आफ्नै घरमा उनले उद्योग चलाएका हुन् । उद्योग नहुँदा घुम्ती रुपमा राजस्व छलेर गाउँगाउँमा सिरक दसना बनाउने ट्याक्टर लिएर हिड्नेको बिगबिगी चलेको थियो ।
शनिवार उद्योगको सुभारम्भ कार्यक्रममा धान विषेशज्ञ डाक्टर भोलामानसिंह बस्नेत, वडा नम्बर ८ का अध्यक्ष कृष्ण केसी, उद्योग बाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ, चेम्वर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कृष्ण ढकाल लगायतले उद्योग संचालकलाई सुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्