
घाँस काट्दा लडेर गोनपा १३ मा एक महिलाको मृत्यू
घाँस काट्ने क्रममा लडेर गोरखा नगरपालिका १३ याङ्कोटकी ३७ वर्षिया विष्णु बिकको बिहिवार ज्यान गएको छ । घाँस काट्दा काट्दै चिप्लिदाँ ढुङ्गामा बजारिँएर घाईते भएपछि उपचारको लागि गोरखा अस्पताल ल्याइएको थियो ।
अस्पताल पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए । आफन्त आईनपुगेकाले पोष्टमार्टम गर्न बाँकी रहेको र शव गोरखा अस्पतालमा राखिएको छ । उनी घाँस काट्न गएको ठाउँ डरलाग्दो भिर रहेको घटनास्थल पुगेर फर्किएका डिएसपी खतिवाडाले जानकारी दिए ।




