| आइतवार, कार्तिक २२, २०८३

गोरखामा लागु औषधको कारोबार गर्ने तीन जना पक्राउ

गोरखामा लागु औषधको कारोवार गर्ने तीन पक्राउ परेका छन् । मंगलबार ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई अजिरकोट गाउँपालिका ५ रातामाटाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाप्चा नगरपालिका ४ कार्भेका १९ बर्षिय सागर तामाङ, चितवन महानगरपालिका ९ बस्ने २४ बर्षिय गणेश भुजेल र अजिरकोट गाउँपालिका ५ बस्ने ४२ बर्षिय नर बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तामाङ र भुजेललाई प्रहरीले छ सय ग्राम गाँजासहित पक्राउ गरेको हो भने उनीहरुलाई गाँजा बिक्री गरेको आरोपमा नेपाली पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई लागु औषध गाँजा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्