
गोरखाको फिनामटारमा एक वृद्धाको हत्या
सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धा मृत भेटिएकी छन् ।
७० बर्षकी मनमाया श्रेष्ठ बिहिबार घरभित्रै धारिलो हतियारले घाँटी छेँडिएको अबस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
वृद्धाको हत्याको आशंकामा दुई जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।




