| आइतवार, कार्तिक २२, २०८३

गोनपा ८ मा कुटपिटबाट ५९ वर्षिय पुरुषको मृत्यू

गोरखा नगरपालिका ८ थालकडाँडामा एकआपसमा कुटपिट गर्दा आज एक पुरुषको ज्यान गएको छ । गोरखा नगरपालिका ८ का ५९ वर्षिया गोपाल उपरकोटी ज्यान गएको हो । गोरखा नगरपालिका ६ का ५० वर्षिय रामबहादुर सिर्मलले उपरकोटीलाई कुटपिट गरेको र बेहोस भएर ढलेका उपरकोटीको होस नखुलेपछि उपचारका लागि गोरखा अस्पताल ल्याउँदै र्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुबै जना मदिरा सेवन गरेर बसिरहेको र एक आपसमा भनाभन हुँदा कुटपिट भएको थियो । सिर्मल अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्