
गोरखामा माघेसक्रान्ती धुमधाम सँग मनाईँदै, नेता, मन्त्रीदेखि मेयर सहभागी
दरौँदी समाचारदाता ः आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।
माघे सक्रान्तीको दिन आज गोरखा नगरपालिका १० छेवेटारमा तामाङ समाज गोरखाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थितीमा भब्य कार्यक्रम गरिरहेको छ । यस्तै गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाको उपस्थितीमा मगर संघ गोरखाले हरमटारी खेलमैदानमा कार्यक्रम गरेको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त ती दुबै कार्यक्रममा सहभागी भएका छन् । सांसद प्रकाशचन्द्र दवाडीको उपस्थितीमा पालुङटार र सिरानचोकको पर्यटकीय स्थल कागबेनीमा विषेश मेला लाग्दैछ । बुङ्कोटमा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा माघेसक्रान्ती विषेश कार्यक्रम भएको छ । आरुघाटमा गोरु जुधाई हुँदैछ । सर्वसाधारण नाचगान, खानपान, गोरु जुधाएको हेरेर माघेसक्रान्तीको मज्जा लिईरहेका छन् ।




