
कास्मिरको भिडन्तमा मारिएका थापा गोरखा ठूलोरीपको भएको पुष्टि
भारत र पाकिस्तान बीच बुधबार भएको दोहोरो झडपमा गोरखाका अर्जुन थापा मगर मृत्यू भएको खुलेको छ । कास्मीरको लाइन अफ कन्ट्रोल(एलओसी) मा भएको झडपमा मारिएका २६ बर्षीय थापा गोरखा नगरपालिका ५ ठूलोरीप निबासी भएको परिबारस्रोतले जनाएको छ ।
थापाको शव बुझ्नका लागि उनका आफन्तहरु हरि राना मगरलगायत बुधबार नै काँकटभिट्टा गएको स्थानीय रीता रानाले जानकारी दिइन् ।
पाँच बर्षअघि भारतीय सेनामा भर्ना भएका उनले छ महिनाअघि मात्रै बिबाह गरेका थिए । उनको दुई महिनाअघि मात्रै आमाको पनि मृत्यू भएको थियो ।
थापाले कक्षा १० सम्म महेन्द्रज्योति मावि र उच्च शिक्षाका लागि द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए ।
उनी परिबाका एक मात्र छोरा हुन् । अहिले उनको परिबारमा बुबा, एक दिदी र एक बहिनी छन् ।




