| आइतवार, कार्तिक २२, २०८३

गोरखा जेलब्रेकर उमा भुजेल सुनसरीबाट पक्राउ

 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी पूर्वी कमाण्ड इन्चार्ज उमा भुजेल पक्राउ परेकी छन् । गोरखाको काफलडाँडा घर भई हाल प्रदेश नं. १ मा विप्लव समूहमा सक्रिय रहेकी भुजेल लाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शेरेचोकमा को ३६ प ६३३५ नंबरको स्कुटीमा सवार रहेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीसंगै झापा जिल्ला इन्चार्ज ३० बर्षीय सुमनसिंह पौडेल पनि पक्राउ परेका छन् ।

गोरखाको अजीरकोट गाउँपालिका ३ काफलडाँडा घर भएकी ४१ वर्षीया भुजेलसहितका त्यतिबेलाका माओवादीका मीना मरहट्टा, रीता बिक, कमला नहर्की, सञ्जु अर्याल २०५७ सालको चैत १७ गते गोरखा जेल ब्रेक गरेर भागेका थिए ।

उनीहरुमाथि प्रदेश १ का विभिन्न जिल्लामा चन्दा आत्तंक, बम विस्फोट गराई सर्वसाधारणलाई आतंकित पारेको आरोप सुनसरीका प्रहरी पमुख एसपी यज्ञविनोद पोखरेलले लगाए ।

उनीहरुको साथबाट एकथान रिभल्वर पेस्तोल, पाँचथान गोली र एकथान स्कुटी बरामत गरिएको एसपी पोखरेलले जानकारी दिए ।

दुबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारबही अगाडि बढाउने बताएको छ ।

यसअघि उनी पहिलो संविधान सभाकी समानुपातिक सभासद समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्