| आइतवार, कार्तिक २२, २०८३

एनएमवि बैंकद्धारा विमा रकम भुक्तानी

एनएमवि बैंकले गोरखा जिल्ला भीमसेन गाँउपालिका, वडा नं. ३ तान्द्राङ निवासी गंगादेवी सापकोटालाई उनका छोराको जीवन विमा वापतको क्षतिपूर्ति बिमा रकम सातलाख रुपैया मात्र) हस्तान्तरण गरेको छ । सो समारोहमा बैंकका कार्यकारी अधिकृत सुनील केसी, प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा वैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुली सहभागी थिए ।

बैंकका गोरखास्थित जेष्ठ सँस्थापक सदस्य धिरजबहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए । भुवन सापकोटाको गत साउन २६ गते आरुघाट गाउ पालिका, आरुआर्वाङको वयाक टोलमा विजुलीकोतार टाँग्ने क्रममा दुर्घटना भई मृत्यु भएको थियो ।

निजले आरुघाट स्थित एनएमवि बैंकवाट वचत कारोवार गदैं आएका थिए ।एनएमबी बैंकको हाल देशैभरि एकसय ६३ शाखा, एकसय २८ एटीएम र पाँच एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्