| सोमवार, कार्तिक २३, २०८३

लाप्राकमा वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

 

धार्चे ४ लाप्राकमा वडा स्तरको शिक्षा समिति, मणिकाम देवी मावि मा विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।सोमबार सम्पन्न भेलाले वडा अध्यक्ष राज गुरुङको अध्यक्षतामा पाँच सदस्यीय वडा शिक्षा समिति गठन गरिएको हो ।

त्यस्तै स्थानीय आशबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय व्यव स्थापन समिति र स्थानीय नरबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो ।

समिति गठन गर्न सोमबार आयोजित अभिभावक भेलामा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मार्सिङ गुरुङ, बिसबहादुर गुरुङ, सुनबहादुर गुरुङ, नन्दलाल गुरुङ गुरुङ तथा बिगत २० बर्षदेखि विद्यालयमा अनवरत सहयोग गरिरहेका गणेश हिमाल एशोसिएशनका अध्यक्ष सुनारबहादुर गुरुङले शुभकामना मन्तव्य ब्यक्त गरेका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्