| आइतवार, कार्तिक २२, २०८३

अर्काकी श्रीमतीको संगमा गइरहनेलाई सार्वजनिक मुद्धा

श्रीमान साथमा नभएकी छिमेकी महिलाको घरमा रातको समयमा जाने गरेका एक युवाविरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्धको मुद्धा दर्ता गरेको छ ।

श्रीमान विदेशमा रहेकी महिलासंग शंकास्पद सम्बन्ध कायम गरेर समाजमा विकृति फैलाएको आरोपमा शहीद लखन गाउँपालिका ८ जोगीडाँडाका ४२ बर्षका दीपक अधिकारीविरुद्ध मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

गत मंसीरको २९ गते मध्यरातीे स्थानीयबासी ले अधिकारी र ती महिलालाई एकै ठाउँमा रहेको अबस्थामा पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

पुस चार गते स्थानीयबासीले कारबाहीका लागि दिएको जाहेरीको आधारमा प्रहरीले सार्वजनिक हितविरुद्ध काम गरेको आरोपमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरेका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् ।

अधिकारी हाल प्रहरीको सम्पर्कमा छैनन् । काठमाडौंस्थित आफन्त र आवद्ध राजनीतिक पार्टीको संरक्षणमा रहेको स्थानीयबासीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्