
भ्रमण बर्ष २०२० : ५ महिनामा ७६५ बिदेशीले मात्रै घुमे गोरखा संग्रहालय
अश्वीन दानी :
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिगत पाँच महिनाको अवधिमा सात सय ६५ जना विदेशी पर्यटकले मात्रै गोरखा संग्रहालय भ्रमण गरेका छन् ।
चालु आर्थिक बर्ष २०७६/०७७ को मङ्सीर मसान्तसम्म सात सय ६५ जना वाह्य पर्यटकले मात्रै गोरखा संग्रहालय भ्रमण गरेका संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । सरकारले बर्ष २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेपनि गोरखालाई वाह्य पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन नसक्दा संग्रहालय भ्रमण गर्ने वाह्य पर्यटकको संख्या कम भएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीको भनाई छ ।
‘संग्रहालय भ्रमण गर्ने वाह्य पर्यटकको संङ्ख्या कम हुनु भनेको गोरखा आउने वाह्य पर्यटकको संख्या कम हुनु हो’, अधिकारीले भने, ‘त्यसैले समग्र गोरखालाई वाह्य पर्यटकको गन्तव्य बनाउन सकियो भने अबश्य पनि गोरखा संग्रहालय घुम्ने पर्यटकको संङख्या पनि बढ्छ ।’ मङ्सीर मसान्त भित्र सात सय ६५ वाह्य र ५० हजार आठ सय ४३ जना ंआन्तरिक गरी कुल ५१ हजार ६ सय नौ जना पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका अधिकारीले जानकारी दिए ।
‘संग्रहालय घुम्नेमा सबै भन्दा धेरै स्कूले विद्यार्थी’ गोरखा संग्रहालय भ्रमण गर्ने पर्यटकहरुमध्य सबैभन्दा धेरै विद्यार्थीहरु रहेका छन् । चालु आवको मङ्सीर मसान्तभित्र संग्रहालय भ्रमण गर्ने कुल पर्यटक मध्य २६ हजार सात सय ६१ जना विद्यार्थी रहेका संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए । ‘यस बर्ष संग्रहालय घुम्ने सबैभन्दा धेरैमा स्कूले विद्यार्थीहरु छन्’, उनले भने, ‘शाह वंशको उद्गमस्थल र आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनाराण शाहको इतिहास बुझ्नका लागि गोरखामा वाह्य जिल्लाबाट शैक्षिक भ्रमण गर्न आउने विद्यार्थीहरु बढि भएकाले संग्रहालय भ्रमण गर्नेमा विद्यार्थी नै धेरै भएका हुन् ।
विद्यालयको पाठ्यव्रmममा गोरखा संग्राहलय समावेश भएकाले शैक्षिक भ्रमणको गन्तव्य बन्दै गएको उनले बताए । ५ महिनामा ९ लाख राजश्व संकलन गोरखा संग्रहालयले पाँच महिनामा कुल नौ लाख ९६ हजार नौ सय ८० रुपैँया राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको मङ्सीरंं मसान्त सम्म उक्त राजश्व संकलन भएको संग्रहालयले जनाएको छ ।
‘गत आवको तुलनामा यस आवको पाँच महिनाभित्र राजश्व संकलन पनि बृद्धि भएको छ’, उनले भने, ‘संग्रहालय प्रवेश शुल्क, क्यामेरा र फिल्म छायांकन, घर बहाल र विद्यार्थी परिचयपत्र वितरणबाट संग्रहालयमा राजश्व संकलन हुन्छ ।’




