| सोमवार, कार्तिक २३, २०८३

अखिल नेपाल शिक्षक संगठनमा टिकाराम श्रेष्ठ

एकिकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो जिल्ला परिषद शनिवार सम्पन्न भएको छ ।

संगठनका संयोजक टिकाराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष संकर अधिकारी, विषेश अतिथि नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य कृष्ण धिताल, नेपाल शिक्षक महासंघका गोरखा जिल्ला अध्यक्ष धु्रब भट्टको उपस्थितीमा परिषद सम्पन्न भएको हो ।

भेलाले टिकाराम श्रेष्ठको अध्यक्षतामा एक सय ५१ सदस्यीय जिल्ला परिषद गठन गरेको छ । उक्त परिषदमा पालिका स्तरका पदाधिकारी, जिल्ला स्तरका सल्हाकार समिति सदस्यहरु समेटिएका छन् । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राकाजी अधिकारी, सचिव तेजबहादुर नेपाली लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्