| आइतवार, कार्तिक २२, २०८३

मंगलवार पाच सय २३ ले घुमे संग्रहालय

पहिलो पटक गोरखा संग्राहालय मंगलवार खुल्दा पाँच सय २३ जनाले अवलोकन गरेका छन् । तीन सय ३९ विद्यार्थी,एक सय ८१ नेपाली २ जना विदेशी र सार्क राष्टका एक जनाले अवलोकन गरे ।

अवलोकन गर्नेहरुबाट आठ हजार ६५ रुपैयाँ राजस्ज जम्मा भएको गोरखा संग्राहालयका सुचना अधिकारी सुनिता भँडेलले बताईन । संग्रहालय अवलोकन गर्न बिद्यार्थीलाइ १०, नेपाली पर्यटकलाइ २५, सार्क राष्ट्रका नागरिकलाइ ५० र बिदेशी पर्यटकलाइ १०० रुपैया प्रवेश शुल्क लिँदै आएको छ ।

‘मंसिर पुस र माघ तीन महिना शैक्षिक भ्रमणको मुख्य सिजन भएकाले हामीले सातै दिन खोल्ने निर्णय गरेका छौँ’ गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले भने । यस अघि शनिवार खुल्ने र मंगलवार एक दिने बन्द हुँदै आएको थियो । शैक्षिक भ्रमणको मुख्य सिजनमा मंगलवार गोरखा घुम्न आएकाहरु संग्राहालय हेर्न नपाउँदा खिन्न भएर फर्कन्थे ।

नेपाल एकिकरणको इतिहास झल्कने पुरातत्विक, ऐतिहासिक महत्वको संग्राहालय मंगलवार बन्द हुँदा त्यसको असर गोरखा आएका विद्यार्थी र पर्यटकलाई परेको थियो । मंसिर ३ गते मंगलवार देखि भने गोरखा संग्राहालय बन्द हुन छाडेपछि गोरखा आएकाहरु संग्राहालय नहेरी फर्कनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्