| सोमवार, भदौ १, २०८३

रिलायन्सले विपन्न वर्ग कर्जा देखि शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापार, उद्योग, हायरपर्चेज, हाइड्रोसम्मका कर्जा प्रबाह गर्नेछ

 


गोरखा सदरमुकाममा रिलायन्स फाइनान्स लिमिटेड सञ्चालनमा आएको छ । यसअघि क श्रेणीका बैंकहरु स्थापित थिए । ख श्रेणीका विकास वैंकहरु पनि प्रसस्तै स्थापित थिए । प्रसस्त मात्रामा माइक्रोफाइनान्स र सहकारी संस्थाहरु पनि स्थापित थिए । ग श्रेणीको वित्तीय संस्थाको रुपमा पहिलो पटक रिलायन्स फाइनान्स लि. स्थापना भएको हो । यही अवसरमा दरौंदी दैनिकले फाइनान्स लि. को अवसर र चुनौतीका बारेमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अनील श्रेष्ठसंग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको संपादित अंश :

नेपालमा फाइनान्स लिमिटेड सञ्चालनको संस्थागत यात्रामा यस लिमिटेडको यात्रा र स्थान कस्तो छ ?

– निश्चित रुपमा रिलायन्स फाइनान्स लिमिटेडको संस्थागत यात्रा आजको दिनसम्म आईपुग्दा सुखद नै अनुभूति रहेको छ । जुनवेला हामी स्थापना भयौ त्यतिवेला नेपाल भरि ८५ वटा ग वर्गका वित्तीय संस्थाहरुको अस्तित्व थियो भने हामी ८६ औ फाइनान्सको रुपमा स्थापना पश्चात पनि ३, ४ वटा थप भयो । आजका दिन सम्म आइपुग्दा झण्डै संख्याको हिसाव ले २४ वटा जति वटा बाकी रहेको छ । २०६८÷२०६९ साल पश्चात बैकिंग क्षेत्रमा निकै नै उतार चढावहरु आएता पनि आजको दिन सम्म आउंदा रिलायन्स फाइनान्स निरन्तर सफलता साथ संचालन भैरहेको छ भने ग वर्गको वित्तीय क्षेत्र ‘टपटेन’ भित्र रहेको छ ।

गोरखामा रहेका माइक्रो फाइनान्स, सहकारी संस्थाहरु, विकास वैँकहरुको भीडमा यसले त्यस्तो फरक सेवा अर्थात फरक स्वाद के दिन सक्छ ?

– यस भन्दा अगाडी हामी गोरखा जिल्ला मै आरुघाटबजारमा आरुघाट शाखा स्थापना गरेका थियौ । हाम्रो मूल उद्देश्य ग वर्गको वित्तीय संस्था नरहेको ठाउँमा अलिक फरक तरिकाले सरल र सुलभ सेवा प्रदान गर्ने रहेको छ । तसर्थ रिलायन्स फाइनान्स लिमिटेडले माइक्रोफाइनान्स, सहकारी संस्थाहरु, विकास वैँकहरुको भीडमा रहेर पनि हाम्रो नारा ूवित्तिय सेवाको अर्को परिभाषाू बमोजिम सभिस एट योर डोर भन्दै लोअर लेभल र मिडिल लेभल का ग्राहक माझ पुग्ने अभियानको थालनी गरेका छौँ जुन निश्चित रुपमा अन्य बैंक वित्तीय संस्थाहरु भन्दा फरक हुने छ ।

यस फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई कसरी आर्थिक रुपमा संवृद्धि गराउन सक्छ ?

– यस संस्थाले आर्थिक संबृद्धिका लागि आप्mना ग्राहक वर्गहरुलाई वित्तीय साक्षरता सम्वन्धि जानकारी प्रदान गरी ग्राहकहरुको शिक्षा र पेशा अनुसार प्रवद्र्धन गर्ने खालको भूमिका खेलेर बचत, ऋण तथा लगानी सम्वन्धि उचित जानकारी प्रदान गरी जिवनस्तर उकास्न प्रयत्नशिल रहने छ ।

धेरै वित्तीय संस्थाको माझमा रिलायन्स फाइनान्स लिमिटेडले आफ्ना ग्राहकलाई सन्तुष्ट बनाउने खालका कार्यक्रम(प्याकेज)हरु के के छन् ?

– रिलायन्स फाइनान्स लि. ले आप्mना ग्राहकहरुका लागि विविध प्रकारका बचत तथा कर्जा सम्वन्धि कार्यक्रमहरु लागू गरेका छौ । हामीले हाम्रा ग्राहकको सन्तुष्टीका लागि बचत खातामा न्यूनत्तम रु १०० मा खाता खोल्न सक्ने सुविधा दिएका छौ भने व्यक्तिगत बचतमा ८.७५ प्रतिशत सम्म, कल कर्पोरेटमा ८ प्रतिशत सम्म र मूद्दती खातामा ३ महिने देखि ६० महिनासम्मको १०.७५ प्रतिशत देखि ११ प्रतिशत सम्म मासिक, त्रैमासिक र वार्षिक व्याज प्रदान गर्दै आएका छौ भने कर्जा लगानीमा विपन्न वर्ग कर्जा देखि शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापार, उद्योग, हायरपर्चेज, हाइडूो सम्मका कर्जा सेवाहरु रहेको छ ।

वित्तिय संस्थाहरुको धमाधम मर्जर गर्ने राष्टू बैंकको रण नीतिलाई कसरी लिनुभएको छ ?

ू– नेपाल राष्ट्र बंैकको रणनीति भन्दा पनि यो एउटा आवश्यक नीति नै हो । विश्वको हरेक क्षेत्रमा अत्यधिक प्रतिस्पर्धा र Market Expand अनि Market Lead गरेर बलियो संस्थाको रुपमा आप्mनो अस्तित्व जोगाउन र रहिरहनका लागि मर्जर हुदै र भई नै आइरहेको छ तसर्थ मैले राष्टू बैंकको रणनीतिलाइ उचित मार्गदर्शनका रुपमा लिएको छु

यो वित्तीय संस्थाको स्थापना आम समुदायको हितमा छ भनेर दाबी गर्ने आधारहरु के छन् ?

– यस वित्तीय संस्थाले स्थापनाकाल देखि नै Corporate Social Responsibility अन्तर्गत निरन्तर रुपमा आम समुदायको हितमा देशमा रगत अभावको कमीलाई ध्यानमा राखि विभिन्न सामाजिक संस्थाहरुको साथ लिई हरेक वर्ष बृहत रक्तदान कार्यक्रम, हरेक वर्ष अपाङ्ग समाजलाई खाद्यान्न, लत्ता कपडा लगायत आर्थिक सहयोग, बीर अस्पतालका असहाय विरामी तथा कुरुवाहरुलाई औषधोउपचारको लागि आर्थिक सहयोग, वित्तीय साक्षरता अन्र्तगत दुर्गम स्थानका विद्यालयहरुलाई कम्प्युटर, प्रोजेक्टर, स्कूल डूेस, व्याग तथा अन्य शैक्षिक सामग्री प्रदान गर्दै सामाजिक उत्थानका कार्य गर्दै आइरहेका छौ ।

गोरखा थोरै बजार र धेरै ग्रामीण भेगले ओगटेको जिल्ला हो । यस्तो क्षेत्रमा रिलायन्सको ग्रामीणमुखी कार्यक्रमहरु के कस्ता छन् ?

– यस गोरखा जिल्लाका ग्रामीण भेगका जनताका लागि विना धितोका लघु कर्जा, कृषि कर्जा, सामाजिक कर्जा, महिला उद्यमशिल कर्जा, बैदेशिक रोजगार कर्जा, साना उद्यमी कर्जा नेपाल राष्टू को नीति अनुसार प्रदान गर्दै आइरहेका छौ भने बचत मा रु १०० मा खाता खोल्ने सुविधा दिएका छौ ।

हाम्रो जस्तो जिल्लामा वित्तीय संस्था सञ्चालनमा जोखिम कत्तिको देख्नुभएको छ ? फाइनान्सका सामु चुनौती र समस्या के(के देख्नुभएको छ र समाधानको लागि के गर्नु पर्ला ?

–  संसारमा जोखिम नभएको काम नै के होला र ? निश्चित रुपमा आजको समयमा वित्तीय संस्था संचालनमा अधिक नै जोखिम छ । विशेष गरिकन विना धितो कर्जा प्रदान गर्दा सवभन्दा वढी जोखिम छ भने आपूmले लिएको कर्जा सहि सदुपयोग नगरिदिदा भने कर्जा जोखिम अत्यधिक बढेको पाइन्छ । आजका दिनमा हाम्रो चुनौटी भनेको अत्यधिक प्रतिस्पर्धा, व्याजदरमा उतार चढाव, तरलताको अभाव, कर्मचारीहरुको स्थायित्व, निरन्तर परिवर्तन भइरहने नीति नियमहरु लगायत विविध प्रकारका जोखिम न्युनिकरण रहेका छन भने यी सवै चुनौती पार गर्ने एउटै उपाय भनेको नै संस्थागत सुशासन, पारदर्शिता, आन्तरिक नीति नियमहरु समयानुसार चुष्त दुरुस्त गर्दै नियामक निकायहरुको निर्देशनहरु हुवहु पालना नै रहेको छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

– अन्त्यमा गोरखाका सम्र्पूण ग्राहकको प्रगतिको कामना गर्दै यस रिलायन्स फाइनान्स लिमिटेड केवल व्यापारिक संस्थाको रुपमा स्थापित पव्लिक लिमिटेड कम्पनी नभई सामाजिक स्तर उत्थान गर्ने उद्देश्यका साथ देशको आर्थिक उन्नतीका लागि केहि योगदान दिई आप्mना ग्राहकहरु, शेयरधनीहरु अनि कर्मचारीहरुको हितका लागि समर्पित संस्था रहेको जानकारी दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्