
लागु औषध, अपराध र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम
प्रहरीले गोरखा नगरपालिका ६ को पाटेचौरस्थित शक्ति मावि र वडा नं ८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुऔषध दुव्यशनी, बालबालिका सम्बन्धी अपराध र टूाफिक नियम सम्बन्धी जानकारीमुलक कार्यक्रम गरेको छ । दुवै विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा कक्षा ९, १०, ११ र १२ का विद्यार्थी हरु सहभागी थिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दियो ।




