| आइतवार, कार्तिक २२, २०८३

११ जना फरार अभियुक्त पक्राउ

दरौंदी : फैसला भइसकेका पुराना मुद्धाका फरार अभियुक्त पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले तीन हप्ताको अवधिमा ११ जना पक्राउ गरेको छ ।

जिल्ला अदालत गोरखाबाट कैद तथा जरिबाना फैसला भई फरार रहेकाहरुलाई पक्राउ गर्ने क्रममा असोज २४ गतेदेखि कात्तिक १५ गतेसम्म ११ जना पक्राउ गरी अदालतमा पेश गरेको एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्