
१२७ जनाले मनास्लु हिमाल आरोहण गरे
शरद ऋतुको यो सिजनमा अहिलेसम्म १२७ जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन्। मनास्लु आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएकोमा एक सय २७ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका सुचना अधिकारी सुरेन्द्र थापाका अनुसार यो बर्ष मनास्लु आरोहणका लागि पर्यटकहरु आकर्षित छन्। किलर माउन्टेनको नामले चिनिने मनास्लु ८१६३ मिटर अग्लो छ ।




