
तारापुञ्ज बाख्रापालन सहकारीमा गोबर्धन
गोरखा नगरपालिका ८ को तारापुञ्ज बाख्रापालन कृषि सहकारी संस्थाको १० औं साधारण सभा तथा ५ औं अधिबेसनले गोबर्धन कट्टेलको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष हरीबाबु कुँवर, सचिव विरेन्द्र कुँवर, कोषाध्यक्ष मिरा कट्टेल र सह सचिव प्रेमबहादुर थापा चयन भएका छन् । समितिको सदस्यमा श्रीराम कट्टेल, अम्बीका कट्टेल, शुशीला थापा, शोभा कट्टेल, अर्जुन परियार, कृष्णबहादुर श्रेष्ठ, टेकनाथ योगी, विष्णुमाया राना, शान्ता कट्टेल र भिमप्रसाद कट्टेल रहेका संस्थाका सल्लाहकार राजेन्द्रबाबु अर्यालले जानकारी दिए ।
सोही भेलाले प्रेमराज कट्टेल संयोजक रहनेगरि लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । समितिको सदस्यमा रामजीप्रसाद कट्टेल र अन्जना खनाल चयन भएका छन् । संस्थाको ऋण उप समिति मिना कट्टेल र मिरा राना रहेका छन् ।
कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निवर्तमान कोषाध्यक्ष कपिलबाबु अर्यालले गत आर्थिक बर्ष १४ लाख रुपैयाँको कारोबार भएको जानकारी दिए । निवर्तमान सचिव नविन कट्टेलले संस्थामा आबद्ध एक सय २५ शेयर सदस्यले ११ सय २२ बाख्रा पालन गरेका बताए ।
संस्थाका निवर्तमन अध्यक्ष हरीकृष्ण कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरापलिका वडा नं ८ का सदस्य कृष्ण कुँवर, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका परशुराम बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




