
छेबेटारमा असोज ३० गतेदेखि रमाइलो मेला हुने
गोरखा नगरपालिका १० छेबेटारमा असोज ३० गतेदेखि रमाइलो मेला हुने भएको छ । गोरखा विकास अर्थतन्त्रको आधार पर्यटन जलस्रोत कृषि र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ असोज ३० गतेदेखि कात्तिक ९ गतेसम्म मेलाको आयोजना गरिएको हो ।
भिआईपि क्राउड इन्भेट रसुर्योदय युवा क्लबको आयोजनामा हुने मेलाले पर्यटन प्रबद्र्धनमा सघाउने अपेक्षा गरिएको क्लबका अध्यक्ष प्रदिप कुवँरले जानकारी दिए ।
मेलाकै अबसरमा हेलिकोप्टरबाट रमणिय स्थलको अबलोकन तथा दरौंदीमा ¥याफ्टिङ र डुंगा सयर गरिने भएको छ ।
मेलामा गुरुङ, मगर, नेवार, कुमाल, तामाङ लगायतका समुदायको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलामा पशुपति शर्मा, प्रकास सपुत, प्रिती आले, ज्योती मगर, रमेशराज भट्टराई, ढाकाराम पौडेल लगायतको प्रस्तुती रहने आयोजक सुर्योदय युवा क्लबले जनाएको छ ।




