
आरुघाटबजारमा बिहान करेन्ट लागेर एक को मृत्यु
गोरखाको आरुघाटबजारमा बुधवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर केरौंजाका अन्दाजी ४० वर्षीय धनबहादुर गुरुङ्गको मृत्यु भएको छ |
आरुघाट बजार बगैंचाटोल स्थित आफ्नै घरमा गुरुङ्गको परम्परागत झण्डा(ध्वजा) राख्ने क्रममा घर संगै रहेको बिजुलीको मुख्य लाइनमा छुइन जादा करेन्ट लागेर उनको मृत्यु भएको आरुघाटका स्थानीय वासिन्दा बताउनु हुन्छ |




