
असोज १६ मा लिगलिगे राजा छानिने
दशौँ लिगलिगे दौड प्रतियोगिता आगामी असोज १६ गते हुने भएको छ । लिगलिगकोट विकास अभियान र रणसिंह दल गणको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । इतिहासको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरेको लिगलिगकोट विकास अभियानका पुर्णबहादुर रानाले जानकारी दिए ।
लिगलिगकोटमा दौड जितेर राजा हुने इतिहासको प्रचार प्रसार गरी पर्यटन विकासका लागि प्रतियोगिताले सघाउने आयोजकको विश्वास छ । प्रतियोगितामा धावकले पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर दुरी पार गर्नेछन् ।
प्रतियोगितामा भाग लिन चाहनेले असोज १३ गतेसम्म नाम दर्ता गर्नुपर्ने रानाले बताए । फाराम दस्तुर लिगलिगबासी, महिला र नेपाली सेनाका लागि रु. पाँचसय, नेपालीका लागि रु. एकहजार तथा विदेशी नागरिकका लागि पाँचहजार रुपैयाँ लाग्ने आयोजकको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार १ सय रुपैयाँ सहित लिगलिगे राजाको दर्जा दिई प्राचीन लिगलिगे राजाको पहिरन, श्रीपेच, पगरीमा सजाउने, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । साथै उनलाई राजकीय सम्मानका साथ लिगलिगकोट घुमाइने कार्यक्रम रहेको छ ।
यस्तै, दोस्रो हुनेलाई ३५ हजार १ सय रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार १ सय रुपैयाँ , चौथो हुनेलाई १५ हजार र पाँचौ हुनेलाई १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा छैटौं हुनेलाई सात हजार, सातौं हुनेलाई पाँच हजार, आठौं हुनेलाई चार हजार, नवौं हुनेलाई तीन हजार र दशौं हुनेलाई नगद दुई हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजकले छ ।
महिलालाई प्रोत्साहनका लागि प्रतियोगितामा महिला खुल्ला तर्फ बडडाँडाबाट लिगलिगकोटसम्म ५ किलोमिटर दुरीको छुट्टै दौड प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा पहिलो हुनेलाई नगद २० हजार ५ सय रुपैयाँ, दोस्रो हुनेलाई १२ हजार पाँच सय रुपैयाँ र तेस्रो हुनेलाई नगद सात हजार पाँच सय रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कार दिईने आयोजकले जनाएको छ ।
त्यसैगरी, लिगलिगवासीका लागि आयोजना गरिने दौड तर्फ पहिलो हुनेलाई नगद २० हजार रुपैयाँ, दोस्रो हुनेलाई नगद १२ हजार रुपैयाँ र तेस्रो हुनेलाई नगद सात हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र पुरस्कार दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा छात्र÷छात्रा र भेटूान अन्तरगत पनि छुट्टाछुट्टै दौड हुने अभियानका अध्यक्ष रानाले जानकारी दिए ।




