
फरार अपराधी पक्राउ
यसअघि मुद्दा फैसला भएर पनि पक्राउ पर्न नसकेकालाई पक्राउ गर्ने अभियान चलाएको गोरखा प्रहरीले बिहिबार एकजनालाई पक्राउ गरेको छ ।
चोरी मुद्धा सम्बन्धी कसुरमा जिल्ला अदालत गोरखाबाट कैद तथा जरिवाना सजायँ सुनाइएकी भीमसेन गाउँपालिका ६ अश्राङकी मनिषा खत्री(आले) पक्राउ परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अश्राङ घर भई हाल गोरखा नगरपालिका ३ बस्ने मनिसा खत्री आलेलाई बिहिबार नै जिल्ला अदालत गोरखामा बुझाइएको े प्रहरीले जनाएको छ । उनलाई कैद भुक्तानको लागी अदालतको आदेशमा कारागार पठाइएको प्रहरीले जनाएको छ । खोजतलास अभियान संचालन भएपछि हाल सम्म बिभिन्न मितिमा फरार रहेका ३० जनालाई पक्राउ गरी जिल्ला अदालत गोरखामा बुझाई सकेको प्रहरीले जनाएको छ ।




