| आइतवार, कार्तिक २२, २०८३

राजु परियार र विकास थापा पक्राउ

बिभिन्न सामान चोरी गरी हिड्ने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । पसलका सामानहरु चोर्दै हिड्ने गोरखा नगरपालिका ७ का राजु परियार र बारपाक सुलीकोट ६ का विकास थापालाई बारपाक सुलीकोट गाउँपालिका ६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गत साउन ३० गते बारपाक सुलीकोट ६ उल्टेकी भगवती बानियाँको पसलबाट ३१ हजार पाँचसय रुपैयाँबराबरको एनसेलको रिचार्जकार्ड, चार हजार रुपैयाँबराबरको एनटीसीको रिचार्जकार्ड र १५ हजार पाँचसय रुपैयाँ पर्ने मोबाइल गरी ५१ हजार रुपैयाँ बराबरको सामग्री चोरी गर्ने १९ बर्षका परियारलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्