| सोमवार, कार्तिक २३, २०८३

गुरुङ समुदायको खेमा लिपि बारे गोरखामा प्रशिक्षण

 

गोरखाका गुरुङ समुदायलाई उनीहरुको परम्परागत खेमा लिपीबारे प्रशिक्षण दिइएको छ ।

शुक्रवार र शनिवार सदरमुकाममा प्रशिक्षण कार्यक्रम भएको हो । तमू ह्युला छोंज धी, गुरुङ राष्ट्रिय परिषद गोरखाको आयोजनामा प्रशिक्षण कार्यक्रम भएको हो । तमु भाषामा २९ वटा व्यञ्जन वर्ण, ८ वटा स्वर वर्ण र ६ वटा सहयोगी वर्ण हुन्छन् ।

सदरमुकाममा भएको दुईदिने कार्यशालामा गुरुङ अगुवाहरुले खेमा लिपिबारे प्रशिक्षण दिएका हुन् । गुरुङ जातिको मूल थलो तमुवान होरु। थातथलो छाडेर अन्यत्र बस्नेलाई मातृभाषा र लिपि सिकाउने प्रयास गरिएको समाजका अध्यक्ष रामबहादुर गुरुङले बताउनुभयो । भाषा बोल्न जानेकाहरु मार्फत लिपिलाई पनि चलनमा ल्याउनका लाग प्रशिक्षण कार्यक्रम गरिएको उहाँको भनाई छ ।

लिपि विज्ञ बालनरसिंह गुरुङका अनुसार गुरुङ भाषामा ‘खेमा’ भनेको पुर्खा हुन्रु। पुरुष पुर्खालाई ‘खे’ र महिला पुर्खालाई ‘मा’ भनिन्छ । जन्मेदेखि मृत्युपर्यन्त खेमाको नाममा प्रार्थना गरिन्छ । पुर्खाका नाममा सिर्जना गरिएको लिपि भएकाले खेमा भनिएको हो । तमू ह्युला छोंज धी, गुरुङ राष्ट्रिय परिषदका गण्डकी प्रदेश उपसचीव दिल बहादुर गुरुङकाअनुसार खेमा लिपि को प्रतिपादन पच्यु अर्थात गुरु पिमबहादुर गुरुङले गरेका हुन् । उनको निधनपछि बालनरसिंह गुरुङ र भीमप्रसाद गुरुङलगायत खेमा लिपि प्रवद्र्धनमा जुट्दै आएका छन्रु। नेपालमै प्रतिपादन भएको खेमा लिपि र तमु भाषा भारतको सिक्किममा बाल कक्षादेखि १२ कक्षासम्म पढाइने गरेको गुरुङ अगुवाहरु बताउँछन् । तर मूल थलोमै भने उक्त लिपीको प्रचलन नभएपछि प्रशिक्षण कार्यक्रम गरिएको छोंज धीका जिल्ला अध्यक्ष रामबहादुर गुरुङले बताउनुभयो ।

तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद्ले ‘खेमा लिपि’ लाई २०५२ सालदेखि साझा लिपिका रूपमा अघि बढाएको थियो । २०७३ कात्तिकमा धरानमा सम्पन्न तमु सार्क सम्मेलनले खेमा लिपिलाई गुरुङ जातिको लिपि घोषणा गरेको थियो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार गुरुङ जातिको जनसंख्या ५ लाख २२ हजार ६ सय ४१ छ । गुरुङ जातिले आफूलाई तमु भनेर चिनाउँछन् । गुरुङ भाषालाई तमु भाषा पनि भनिन्छरु। तमु भाषा रोमन र देवनागरी लिपिमा समेत लेखिने गरेको छ । गोरखामा भएको प्रशिक्षण कार्यक्रममा ३५ जना सहभागी थिए । कार्यक्रममा छोंजधीका गण्डकी प्रदेश उपसचीव दिलबहादुर गुरुङ सहित चन्द्रबहादुर गुरुङ, सुकबहादुर गुरुङ, रामबहादुर गुरुङ र ज्ञानेन्द्र गुरुङले प्रशिक्षण दिनुभएको थियो । अब पालिका स्तरमा लिपीबारे प्रशिक्षण कार्यक्रम गरिने तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्