| आइतवार, कार्तिक २२, २०८३

गोरखाको प्रहरीद्वारा गाँजा फडानी

जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानीलाई निरन्तरता दिएको छ ।

समाजलाई दुब्र्यसनमुक्त बनाउने लक्ष्यका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयले गाँजा फडानीलाई निरन्तरता दिएको हो । सोही क्रममा गोरखा नगरपालिका ६ को ढाडगाँउ र गोरखा नगरपालिका ८ को रानीवनमा प्राकृतिक रुपमा उम्रिएको करीब तिन हजार बोट गाँजा फडानी गरी नष्ट गरीएको एस पि ओम अधिकारीले जानकारी दिए ।

कार्यालयले ग्रामीण क्षेत्रमा पनि मातहतका प्रहरी चौकी मार्फत गाँजा फडानीलाई तिब्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्