| आइतवार, कार्तिक २२, २०८३

जिल्ला प्रशासन कार्यालयमा वाणिज्य बैंकको काउण्टर

जिल्ला प्रशासन कार्यालय गोरखामा राष्टिूय वाणिज्य बैंकको काउण्टर स्थापना गरिएको छ । सेवाग्राहीलाई सजिलोका लागि प्रशासनले कार्यालयमा बैंकको काउण्टर सञ्चालनमा ल्याएको हो ।प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भौचर भरेर सेवाको सुरुवात गरेका हुन् । सरकारी कार्यालयमा सुसासन र पारदर्शिता कायम गराउन पनि काउण्टर सञ्चालनमा ल्याएको उनको भनाई छ । अब कार्यालयबाट विभिन्न सेवा लिने सन्दर्भमा राजस्व बुझाउन बसपार्कमा रहेको बाणिज्य बैंक धाउनुपर्ने सेवाग्राहीको बाध्यता हटेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।
कार्यालयका सुचना अधिकारी गौतम भण्डारीका अनुसार राजश्व काउण्टरबाट प्रशासन सहित आसपासका सरकारी कार्यालय मालपोत, नापी, बिद्युत, आदि कार्यालयमा सेवाग्राहीले बुझाउनु पर्ने राजश्व बुझाउन सकिने छ ।
सेवाग्राहीले छिटो, छरितो र ब्यबस्थित रुपमा सेवा लिन सक्ने उनको भनाई छ ।
राजश्व काउन्टर सम्बन्धि सेवा जिल्ला प्रशासन कार्यालय गोरखाको भुइतलामा रहेको कोठा नम्बर १०४ को पश्चिम झ्यालबाट दिने ब्यबस्था मिलाइएको खरिदार रविलाल सुवेदीले जानकारी दिए । सेवाग्राहीको सजिलोका लागि कार्यालयले यसअघि नै कार्यालय परिसरमा हुलाक टिकटको ब्यबस्था गर्नुका साथै टोकन प्रणाली लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्