| आइतवार, कार्तिक २२, २०८३

सूर्योदय सहकारीको अध्यक्षमा राजेन्द्र अर्याल

गोरखा नगरपालिका ८ कट्टेलडाँडाको सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा तथा बाह्रौ अधिबेसन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिबेसनले राजेन्द्रबाबु अर्याल को अध्यक्षता मा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष बाबुराम कट्टेल, सचिव निर्मला कट्टेल र कोषाध्यक्ष नरोत्तम कट्टेल रहेका छन् । समितिको सदस्यमा सावित्रि कट्टेल, भरत कट्टेल, निर्मला कुँवर, पदमबहादुर थापा र इन्दिरा राना रहेका छन् ।

सोही अबसरमा सालिग्राम कट्टेलको संयोजकत्वमा हरीभक्त कट्टेल र हरिबाबु कुँवर रहनेगरी संस्थाको लेखा समिति पनि गठन गरिएको छ ।

ऋण समितिको सदस्यमा भिमप्रसाद कट्टेल र ज्ञानबहादुर कुँवर चयन भएका छन् । ऋण समितिको संयोजक नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले चयन गर्ने संस्थाका निवर्तमान कोषाध्यक्ष दण्डपाणी कट्टेलले जानकारी दिए ।

राजेन्द्रबाबु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान कोषाध्यक्ष दण्डपाणी कट्टेल र सचिव सालिग्राम कट्टेलले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्