| आइतवार, कार्तिक २२, २०८३

समायोजनपछि मात्र गोरखा अस्पतालमा डाक्टर आउछन्  : उपप्रधानमन्त्री

गोरखा अस्पतालमा विशेषज्ञ डाक्टर नभएको बारे गोरखाका पत्रकारहरुले गरेको गुनासोको जवाफ दिदै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समायोजनापछि चिकित्सक आउने आश्वास दिए । देशभरका जिल्ला अस्पतालहरुमा चिकित्सकको यस्तै अभाव भएको भन्दै उनले समा योजनपछि भने निश्चित रुपमा डाक्टर पठाउने उनले प्रतिवद्धता ब्यक्त गरे ।

डाक्टरहरु राजधानी तथा ठूला सहर छोडेर जिल्लाहरुमा जान नमान्ने गरेको उनको भनाइ थियो । मा‘छात्रवृत्तिमा पढेका छन् भने करकापले पनि खटाएको ठाउँमा जान्छन्, तर अरु डाक्टर जिल्ला

मा जान मान्दैनन् ।’ फरक प्रसंगमा बोल्दै उपप्रधान मन्त्री यादवले संविधान संशोधन गराउने एक मात्र स्वार्थमा वर्तमान सरकारमा सहभागी भएको दाबी गरेका छन् ।

समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा सहभागी हुन शनिबार गोरखा आएका उपप्रधानमन्त्री यादवले गोरखाका पत्रकारहरुसंगको कुराकानीमा संविधान संशोधन नभए सरकारमा नबस्ने पनि बताएका छन् । ‘संविधान संशोधनको सर्तमा सरकारलाई दुई तिहाइ पु¥याइदिन का लागि मात्र हामी सरकारमा गएका हौं’, उनले भने, ‘जुन सर्त र संझौतामा हामी सरकारमा गएका हौं, त्यो कार्यान्वयन भएन भने हामी त्यहाँ जानुको कुनै औचित्य रहँदैन ।’

संविधान संशोधनका लागि अहिलेसम्म कुनै कदम नचालिएको भन्दै उनले सरकारको नेतृत्व गर्ने नेकपाको आलोचना गरे । ‘अहिलेसम्म संविधान संशोधनका लागि कुनै कदम चालिएको छैन । किन चालिएन भनेर तपाइँहरुले सरकारको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीका दुइटा अध्यक्षलाई सोध्नुहोला’, उनले भने, ‘पहिचानको विषयमा, निर्वाचन प्रणालीको बिषयमा, शासकीय स्वरुपको बिषय जस्ता असमानता र विभेदकारी प्रावधान कहाँकहाँ छन्, त्यहाँत्यहाँ संशोधन गर्न हामीले संशोधन प्रस्ताब पेश गरेका छौं ।’ संविधान संशोधन गर्न ढिला गरे जनतामा जाने उनले बताए ।

नेपालका अस्पतालहरुमा धेरै रोगको उपचार नेपालमा भए पनि नेता, मन्त्रीहरु उपचारको क्रममा उपचार गर्न गइरहेकोमा चिन्ता व्यक्त गरे । ‘सरकारी ढुकुटीबाट खर्च गरेर विदेश उपचार गर्न जान पाउने ब्यबस्था हामीले खारेज गरेका छौं, यति हुँदाहुदै पनि कोही व्यक्तिगत पैसा खर्च गरेर विदेश उपचार गर्न जान्छ भने उसको अधिकार हो । त्यसलाई रोक्ने नीति छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्