| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकामा एनआईसी एशिया वैंकको काउण्टर स्थापना

 

गोरखा नगरपालिकाको कार्यालयमा एनआई सी एसिया बैंकको काउण्टर विस्तार भएको छ ।

बिहिबार कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले काउण्टरको उद्घाटन गरे ।

काउण्टरबाट नगरपालिका मार्फत हुने वित्तिय कारोबार सञ्चालन हुने उनको भनाई छ । नगरपालिकाको योजना कार्यान्वयन गर्ने उपभोक्ता समिति लगायत निर्माण कम्पनीले कार्यालयको काउण्टरबाट नै चेक साट्न पाउने उनले बताए ।

नगरपालिकाले उपभोक्ता समितिलाई चेक नभई खातामा सिधै पैसा निकासा गर्ने ब्यबस्था पनि छिट्टै लागु गर्ने तयारी भैरहेको इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्