| आइतवार, कार्तिक २२, २०८३

सरकारले अनिवार्य गरेपछि गोरखामा पिप्यान लिने बढे

 

गोरखा, लम्जुङ, तनहूँ र मनाङमा प्राइभेट प्यान(पिप्यान) लिनेको संख्या बढेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ । सरकारी, नीजि तथा गैरसरकारी संस्थामा काम गर्नेलाई सरकारले पिप्यान अनिबार्य गरेपछि साउनको एक महिनाभित्रै एकहजार भन्दा धेरैले पिप्यान लिइसकेको प्रमुख कर अधिकृत सूर्य सेढाईँले जानकारी दिए ।

साउन महिनामा मात्र ब्यक्तिगत प्यान नम्वर लिनेको संख्या ३ हजार नाघेको उनको भनाई छ । २०७५ को असार मसान्तसम्ममा ब्यक्तिगत प्यान लिनेको संख्या ७ हजार ७१ रहेकोमा साउन महिनामा उक्त संख्या बढेर ११ हजार नाघेको छ ।

ब्यक्तिगत प्यान नम्वर लिनेमा विद्यालय, अस्पताल, गैरसरकारी संस्था, उद्योग तथा ठूला व्यापारिक संस्थालगायतका कर्मचारी रहेका छन् ।

व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रिम करकट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था सरकारले गरेको हो । आर्थिक विधेयकअनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकमार्फत नै दिनुपर्छ र बैंकमार्फत तलब दिँदा र लिँदा प्यान अनिवार्य गरिएको छ ।

कुनै संस्थाले कर्मचारीलाई प्यानबिना तलब दिएमा त्यो तलब खर्चमा गणना नगरिने ऐनमा उल्लेख छ । तर धेरै जसोलाई भने ब्यक्तिगत प्यान नम्वर किन अनिवार्य गरियो भन्नेबारे ज्ञान नभएको पाइएको छ । ‘पिप्यानबारे धेरैलाई थाहा नभएको हामीले पनि महशुस गरेका छौं’ प्रमुख सेढाईले भने, ‘पिप्यान सहित करप्रणालीको समसामयिक सन्दर्भमा हामी हाम्रो सेवा क्षेत्रको सबै जिल्लामा करदाता शिक्षा कार्यक्रम गर्ने तयारीमा छौं ।’

ब्यक्तिगत प्यान नम्वर लिनेमा विद्यालय, अस्पताल, गैरसरकारी संस्था, ठूला व्यापारिक संस्थालगायतका कर्मचारी रहेका छन् ।
व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रिम करकट्टी गर्ने व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने कानुनी व्यवस्था सरकारले गरेको हो । आर्थिक विधेयकअनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकमार्फत नै दिनुपर्छ र बैंकमार्फत तलब दिँदा र लिँदा प्यान अनिवार्य गरिएको छ । कुनै संस्थाले कर्मचारीलाई प्यानबिना तलब दिएमा त्यो तलब खर्चमा गणना नगरिने ऐनमा उल्लेख छ । तर धेरै जसोलाई भने ब्यक्तिगत प्यान नम्वर किन अनिवार्य गरियो भन्नेबारे ज्ञान नभएको पाइएको छ । ‘पिप्यानबारे धेरैलाई थाहा नभएको हामीले पनि महशुस गरेका छौं’ प्रमुख सेढाईले भने, ‘पिप्यान सहित करप्रणालीको समसामयिक सन्दर्भमा हामी हाम्रो सेवा क्षेत्रको सबै जिल्लामा करदाता शिक्षा कार्यक्रम गर्ने तयारीमा छौं ।’

कार्यालयमा गत आर्थिक वर्षको अन्त्यसम्ममा ३८ हजार ५२ करदाता रहेकोमा साउन महिनाको २६ गतेसम्ममा ४ हजार बढी करदाता थपिएका हुन् । अन्तशुल्क, आयकर, भ्याट र ब्यक्तिगत प्यान नम्वर लिने करदाताको संख्या आर्थिक वर्षको शुरुकै महिनामा उल्लेख्य रुपमा बढेको प्रमुख कर अधिकृत सेढाईले बताए ।

‘हामीले जिल्लागत विवरण त निकालेका छैनौं, र ब्यक्तिगत प्यान, अन्तशुल्क र भ्याटमा समेत गरेर १ हजार हाराहारी नयाँ करदाता गोरखाबाट थपिनु भयो भन्ने लाग्छ’ उनले भने, ‘नागरिकहरुले कर प्रणालीबारे बुझ्नु र त्यसमा सामेल हुनु सकारात्मक कुरा हो ।’ आन्तरिक राजस्व कार्यालय दमौलीको सेवाक्षेत्रभित्र तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्ला पर्दछन् ।

नयाँ आर्थिक वर्ष शुरु भएपछि गोरखाबाट मात्रै सरदर एक हजार नयाँ करदाता थपिएको कार्यालयको अनुमान छ ।
नयाँ आर्थिक वर्षबाट तलव भुक्तानीका लागि अनिवार्य प्यान नम्वरको ब्यवस्था गरेपछि करदाताको संख्या बढ्दै गएको कार्यालय प्रमुख सेढाईले बताए ।

प्रतिक्रिया दिनुहोस्