| आइतवार, कार्तिक २२, २०८३

घिमिरेको मृत्युबारे छानबिन गर्न माग गर्दै गोरखा आबुँखैरेनी सडक खण्ड एक घन्टा अबरुद्द

 

जंगलमा मृत भेटिएका मनकामना बहिरा आबासीय माध्यामिक विद्यालयका आया श्यामहरी घिमिरेको मृत्युबारे छानबिन गर्न माग गर्दै स्थानीय बासीन्दाले गोरखा आबुखैरेनी सडक एक घन्टा अबरुद्ध अबरुद्ध गरेका छन् । गोरखा नगरपालिका वडा नं ९ र १० का बासीन्दाले घिमिरेको हत्या भएको आशंका गर्दै छानबिनको माग राखेर बिहिबार विहान पौने १२ बजेदेखि एक घन्टा  सडक अबरुद्ध पारेका छन् ।

उनिहरुले मनकामना बहिरा आबासीय माविको प्रशासन कक्षमा तालाबन्दी पनि गरेका छन् । उनिहरुले विद्यालय ब्यबस्थापन समिति र बहिरा संघ खारेज गर्नुपर्ने, घिमिरेको पोष्टमार्टम रिर्पोट चाडै सार्वजनिक गर्नुपर्ने लगायतका माग पनि राखेका छन् । निष्पक्ष छानविनको माग गर्दै उनका आफन्तले गोरखा अस्पतालमा रहेको शब बुझेका छैनन् ।
गोरखा नगरपालिका १० टक्सारमा रहेको विद्यालय नजिकैको जंगलमा मंगलबार बिहान उनि मृत भेटिएका थिए । सोमबार साभmँ विद्यालयमा आफ्नो नियमित डियुटी गरी सोही वडाकै नौबिसेमा रहेको घर गएका उनी मृत अबस्थामा जंगलमा भेटिएपछि स्थानीयले हत्याको आशंका गरोक छन् । उनको शब मुल सडकदेखि सय मिटर तल जंगलमा खुट्टा र टाउकोमा चोट लागेको अबस्थामा भेटिएको हो । घटनास्थल र शवको अबस्थाका आधारमा दुर्घटना भन्दा नियोजित रुपमा घटना गरिएको हुनसक्ने स्थानीयको आशंका छ । २० बर्षदेखि सोही विद्यालयमा कार्यरत ५० बर्षका घिमिरे सुस्तश्रवण हुन् । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्