| सोमवार, कार्तिक २३, २०८३

आदिबासी जनजाति समुदायका गोरखाका अधिकृत सम्मानित

गोरखामा निजामति सेवामा कार्यरत आदिबासी जनजाती समुदायका दश जना अधिकृतहरु सम्मानित भएका छन ।

आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाले २५ औं आदिवासी जनजाती दिवसको अबसरमा लोकसेवा आयोगबाट निजामति सेवामा प्रबेश गरेका उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमारी श्रेष्ठ, शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगर र चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठ छन् ।

यस्तै, बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव गुरुङ र गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ पनि सम्मानित छन् । भवन डिभिजन कार्यालय गोरखाका इन्जिनियर अजयकुमार श्रेष्ठ, राष्टिूय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) की प्रमुख सुनिता श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका अधिकृत डिल्लीप्रसाद श्रेष्ठ,गोरखा नगरपालिका लेखा शाखाका अधिकृत प्रकाश थापा मगर र मनास्लु संरक्षण क्षेत्र सम्पर्क कार्यालय गोरखाका प्रमुख विश्वबाबु श्रेष्ठ पनि सम्मानित भएका छन् ।

परिषदले मिस आदिवासी जनजाती हुन सफल एलिजा गुरुङ र कालिका कला केन्द्रका सञ्चालक एवम् नृत्य प्रशिक्षक बिक्रम तामाङलाई पनि सम्मान गरेको छ । उनीहरुलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका सचिव प्रेमध्वज थापा मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्