| सोमवार, कार्तिक २३, २०८३

फ्रान्सेली स्वंयसेवकद्वारा बुंकोटका विद्यालयमा सहयोग

दरौंदी : फ्रान्सेली स्वंयसेवकले गोरखाको बुंकोटका दुई विद्यालयमा सहयोग गरेका छन् ।

शहिद लखन गाउँपालिका वडा नं ७ र ८ को समन्वयमा पायोनियर फाउन्डेसन नेपाल मार्फत बुंकोटमा आएका उनीहरुले विद्यालयलाई भौतिक तथा प्राविधिक सहयोग गरेका हुन् ।

उनीहरुले चण्डिका आधारभुत विद्यालयलाई शैक्षिक सामग्री ल्यापटप तथा राम्चे प्राविलाई शैक्षिक सामाग्री र प्रोजेक्टर प्रदान गरेका वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।

स्वयंसेवकको समुहले विद्यालयमा सरसफाई, रङ्गरोगन, पूmलबारी निर्माण लगायतका काम पनि गर्ने भएका छन् । तीनबर्षसम्म बर्षेनी कार्यक्रम लागु हुने समन्वयकर्ता गौतमराज वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्