| आइतवार, कार्तिक २२, २०८३

तस्करको बदमासीको सजायँ उत्तरी गोरखाका निमुखा बासिन्दालाई

वुद्ध गुरुङ

भनिन्छ नि २१ औ शताब्दीमा मानवता हराएको समाजले बुढेसकालमा बाउआमालाई पाल्नुको सट्टा वृद्ध आश्रममा पठाउछन् । हामी देश बिकास भएन भनेर सरकारलाई धिक्कारीरहेका छौ । र नेताहरुलाई आफुले पालेका फाल्तु कुकुरलाई झैं गाली गर्छौ तर हामीलाई के थाहा कि नेपालीको उखान नै छ ‘आफ्नो आङमा भैंसी नदेख्ने अरुको जीउमा झुम्रा हिडेको देख्ने’ सिकेर आएको समाजले यो देशमा आज यो हालत हुनु हाम्रो स(सानो गल्तीको कारणले भएको हो भनेर ।

अहिले धनकमल समातिनु हाम्रो लागि कुनै नौलो कुरा होइन । उनी त प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौँ छन जो तस्करी गरेरै केके पो गरिसके र आज त्यही मान्छेहरु राज्यलाई कामचोर भन्दै हिडदैछन् ।

सुन तस्करीलाई के थाहा देश केही नहुनुमा उसको नि ठूलो हात छ भनेर । सुन बिदेशबाट ल्याउन राष्टू बैंकले मात्र पाउछ तर त्यही सुन बिना राजस्व १६ किलो नेपाल भित्राएपछि सरकारलाई कति घाटा हुन्छ होला तपाईं आफै सोच्नु त ।

नेपालको बिगत तथा सडक संजालले नछोएको गाउँपालिका मध्ये चुमनुब्री गाउँपालिका पनि एक हो ।
यहाँका करिब ३०५ जनता गरीबीका रेखामुनि नै छन । यहाँ राज्यका निकायको पहुच कम पुगेको छ । मान्छेलाई चाहिने आधारभूत सेवा सुबिधाको पाउन त मुस्किल भएको ठाउँमा यस्तो घटना दोहोरिरहनु यहाँको लागि दुखद कुरा हो ।

हुनत यहाँ धेरै कुराको अभाव छन तापनि यहाँका जनताहरु अरु अभावलाई कठिन गरी झेल्ने कोसिश गर्दै छन तर स्वास्थ्य सेवामा यो सुन काण्डले धेरै प्रभाब पारेको छ ।

हिमाली भु(भाग त्यसमा पनि दुर्गम, बिकट सडकले नछोएको गाउँपालिकामा एम्बुलेन्सको सेवा पाउने कुरै हुदैन । यो क्षेत्रमा कुनै ब्यक्ति जटिल गर्भवती, भिरबाट खसेर जटिल चोट लागेकाहरुलाई उद्दार गर्ने एउटै साधन हो ‘हेलिकप्टर’ । पहिला पहिला चुमनुब्री गाउँपालिका भरि नै अपातकालीन अवस्थामा जुन सुकै बेलामा हेलिकप्टरको सेवा लिएर आफ्नो ज्यान बचाउथ्यो तर अब त्यो भन्ने ठाउँ पनि रहन गाह्रो भईसक्यो ।

अहिले सिर्दिबास बाहेक चुम र नुब्री क्षेत्रमा हेलिकप्टर सेवा लिनु पर्यो भने गृह मन्त्रालयमा पर्मिट माग्नु पर्छ । र त्यो पर्मिट प्रकिया बिचरा हाम्रो सोझो जनतालाई के थाहा पाउथ्यो र यदि कुनैले थाहा पाइहाले पनि कुनै जटिल बिरामी १ र २ घण्टामै अस्पतालको शैयामा भर्ना हुनुपर्नेलाई पर्मिट माग्दा एक दुई दिन लाग्छ त्यसरी बसेनी कतिपय चुमनुब्रीबासी अकाल मै ज्यान गुमाउनु बाध्य छन ।
र यो क्षेत्र पर्यटन को लागि आकर्षक केन्द्र हो भोलिका दिनहरुमा यस्तै सुन काण्ड फेरि फेरि भयो भने यो ठाउँ राज्यको कालोसूचीमा हुन सकिन्न भन्न सकिँदैन र पर्यटकहरुको आगमन पनि घट्दै जानेछ । फलस्वरूप यहाँको अर्थतन्त्र खस्किदै जानेछ । आखिर प्रभावित हुने त गरिब दीनदुखी नै त हो ।

यो सबै घटना हुनुमा नेपाल सरकारले सिमाबर्ती क्षेत्रमा कडाइ नगर्नुको ठूलो कारण हो । त्यसैले बेलैमा राज्यको पहुच सक्रिय हुन जरुरी छ ताकि तस्करीहरु यो क्षेत्रबाट सुन औसार्नुपूर्व आफ्नो जिन्दगी खतम भयो भएर सोचुन

प्रतिक्रिया दिनुहोस्