
हाजिरी जवाफ प्रतियोगितामा युनाईटेड पहिलो
गोरखाका संस्थागत विद्यालयबिच भएको हाजिरी जवाफ प्रतियोगिता मा पालुङ्टारको यूनाईटेड बोर्डिङ्ग स्कुल पहिलो भएको छ ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को आयोजनामा जिल्ला सदरमुकाममा भएको प्रतियोगितामा मोर्डन ईङलिस बोर्डिङ स्कुल हरमटारी दोस्रो र बालज्योति ईङलिस बोर्डिङ स्कुल पालुङटार तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यालयले क्रमशः नगद तीन हजार, २ हजार र १ हजार ५ सय नगदका साथ प्रमाण पत्र पुरस्कार पाएका छन् ।
प्याब्सनका जिल्ला अध्यक्ष सिताराम तिवारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रतिायोगितामा जिल्लाका १० विद्यालय सहभागी भएका प्याब्सनका जिल्ला सचिव कमल थापाले बताए ।
प्याबसनको बार्षिक कार्यक्रम अनुसार नै हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए । विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको प्रतिभा उजागर गर्दै जाने योजना रहेको प्याब्सनले जनाएको छ ।




