| आइतवार, कार्तिक २२, २०८३

अनुदानमा बेथिति किन ?

मामाको धन फूपूको सरात भन्ने नेपाली उखानलाई सावित गर्दै जिल्लाको भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र र स्थानीय तहका पशु शाखाहरुले अब्यबस्थित र त्रुटीपूर्ण ढंगले अनुदान बाँडेको भेटिएको छ ।
छेपेटारको एक बन्द भइसकेको पसललाई अनुदान दिएको विज्ञकेन्द्रको अनुदान वितरणमा देखिएको बेथितिको ज्वलन्त नमूना हो ।
कार्यालयले बिभिन्न स्थानीय तहका पशु शाखासंग समन्वय नगर्दा व्यवसायीले दोहोरो अनुदान सुविधा पाएका छन् ।
स्थानीय तहका पशु शाखाले पनि विज्ञकेन्द्रसंग अनुदान पाएकाको नामावली सूची मागेर मात्र व्यवसायी छान्नु पर्नेमा आफुखुशी अनुदान वितरण गरेको पाइएको छ ।
अनुदान वितरण गर्दा किसान तथा व्यसायीको राजनीतिक विचारलाई प्राथमिकता दिने गरेको पाइएको छ । कार्यकर्ता रिझाउने नाउँमा सरकारी ढुकुटी स्वाहा पार्ने अधिकार संविधानको कुनै पनि दफा, परिच्छेद, कुनै पनि ऐन, नियम, नियमावली र कार्यविधिमा पनि छैन । तर प्रदेश सरकार, विज्ञ केन्द्र र स्थानीय सरकारले विचारलाई मापदण्ड बनाएर अनुदान दिएका छन् । यो गलत छ ।

प्रतिक्रिया दिनुहोस्