| आइतवार, कार्तिक २२, २०८३

बूढीगण्डकी प्रभावित क्षेत्र आरूघाट, आर्खेत र खहरेको मुआब्जा तोक्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमध्ये गोरखाको आरूघाट र आर्खेत बजार तथा धादिङको खहरे बजारको मुआब्जा तोकेर वितरण गर्न माग गरेको छ।

बूढीगण्डकी प्रभावित क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका विभिन्न गाविसहरूमा मुआब्जा तोक्ने र वितरणका कामसमेत भइरहे पनि आरूघाट, आर्खेत र खहरेबजारको मुआब्जा तोक्न नै बाँकी छ।

‘संघीय सरकारको ठाडो आदेशमा मुआब्जा तोक्ने र बाँड्ने काम एकाएक रोकिएको छ,’ केन्द्रीय समिति बैठकमा छलफलपछि कांग्रसले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘डुबान पर्ने क्षेत्रका बजारको घरजग्गा चार/पाँच वर्षदेखि विक्री वितरण, नामसारी गर्न नपाउने गरी मालपोत कार्यालयबाट रोक्का छ।’

जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दा, व्यापारी, उद्योगी र नागरिकलाई मर्का परेको भन्दै कांग्रेसले छिटो उचित मुआब्जा तोकेर वितरण गर्न सरकारसँग माग गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्