
गोरखाको एनसेल टावरमा आगजनी
पलुंटार नगरपालिका वडा नं ८, दुभारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । बुधबार राति करिब ११ बजे आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

टावरमा जोडिएको सोलार प्रविधिका उपकरण, फाईबरका तारहरु जलाएर नष्ट पारिएको वडाअध्यक्ष शंकर कँडेलले जानकारी दिए । घटनास्थलमा बिहानै प्रहरी पुगिसकेको छ ।
यसअघिका एनसेल टावर आगलागी घटनामा विप्लव समुहको संलग्नता रहेकाले यो घटनामा पनि उनीहरुकै संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।





