| सोमवार, कार्तिक २३, २०८३

शिक्षा दिवसका अवसरमा पालुङटारमा तिनदिने कार्यक्रम हुने

पालुङटार नगरपालिकाले विभिन्न कार्यक्रमका साथ अन्तराष्टिूय साक्षरता दिवस तथा राष्टिूय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले भदौ २०, २१ र २२ गते बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो ।
दिवसको अबसरमा भदौ २० गते जनता मा.वि. आपँपीपलको संयोजनमा समृद्ध पालुङटारका लागि यूवाको भूमिका विषयक वक्तृृत्वकला प्रतियोगिता हुने भएको छ । भदौ २१ गते रजगरे मा.बिको संयोजनमा खुल्ला गायन प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताका विजेतालाई भदौ २२ गते भवानी क्याम्पस पालुङटारको प्रांगणमा हुने समारोहमा पुरस्कृत गरीने शिक्षा समितिले जनाएको छ ।
दिवसकै अबसरमा नगरपालिका भित्रकासंस्थागत र सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०७५ को एस ई ई मा उत्कृष्ट एक÷ एक र शैक्षिक सत्र २०७५÷०७६ मा कक्षा ११ र १२ को नतिजामा उत्कृष्ट एक विद्यार्थीलाई जनही दश हजार रुपैयाँले पुरस्कृत गर्ने समितिले निर्णय गरेको छ । नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष दीपक बाबु कंडेलको अध्यक्षतामा बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्