| आइतवार, कार्तिक २२, २०८३

गोरखामा एकाबिहानै १२ बर्षीया बालिकाद्वारा पाँशो लगाएर आत्महत्या

बुधबार एकाबिहानै गोरखाकी एक बालिकाले पाँशो लगाएर आत्महत्या गरेकी छन् । शहीदलखन गाउँपालिका ७ मकैपुरकी १२ बर्षीया प्रशान्त श्रेष्ठले बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डेर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

आमा पानी भर्न धारामा गएको बेला झुण्डेकी प्रशान्तलाई देख्ने बित्तिकै उनकी १० बर्षीया बहिनीले डोरी काटेकी स्थानीय पृथ्वीनारायण श्रेष्ठले जानकारी दिए । तर त्यतिबेलासम्म उनको मृत्यू भइसकेको उनले बताए ।

उनी न्यूहोराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा पढ्ने विद्यार्थी हुन् ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुंकोटबाट प्रहरी पुगिसकेको एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्