| आइतवार, कार्तिक २२, २०८३

उपचारका लागि आर्थिक अभाव

दरौंदी ःघाँस काट्ने क्रममा लडेर घाईते भएका सौरपानीका श्यामबहादुर थापाको उपचारमा आर्थिक अभाव भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी घर भई हाल अजिरकोट गाउँपालिका वडा न ५ ढोडेनीमा बस्दै आएका थापा साउन ४ गते विहान घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । ३७ बर्षका थापाको देब्रे घुँडा, करङ र अनुहारको हड्डीमा चोट लागेको छ । चितवन मेडिकल कलेजमा उनको उपचार भैरहेको छ । चिकित्सकहरुले उनको उपचारमा पाचँ लाख रुपैयाँ आबश्यक पर्ने बताएका छन् ।तर आर्थिक अभावका कारण रकम जुटाउन नसकेको उनकी श्रीमती मेनुकाले बताईन् । ज्याला मजदुरी गरेर गुजारा गरेका उनिहरुले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । उनको उपचारमा सहयोगका लागि बारपाक सुलिकोटका मिलन ढकालले फेसबुकमा अभियान पनि सञ्चालन गरेका छन् । सहयोग गर्न चाहनेले मेनुकाको प्रभु बैंकमा रहेका खाता नं ण्छद्धज्ञण्ठण्ज्ञघज्ञ ठछडद्दण्ण्ण्ण्ण्ज्ञ मा रकम जम्मा गर्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्