
मस्र्याङ्दी किनारमा बेवारिसे शव फेला
गोरखाको मस्र्याङ्दी नदि किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
बिहिबार पालुङटार नगरपालिका ५ लामागाऊँ रयलेस्थित मस्र्याङ्दी नदि किनारमा अन्दाजी २५÷३० वर्षका पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीले जनाएको छ ।
शव जिल्ला अस्पतालमा ल्याइएको छ । लमजुङको दोर्दी खोलामा आएको बाढीमा हराइरहेकाहरु मध्येकै शव हुन सक्ने अनुमानमा पहिचानको काम भैरहेको प्रहरीले जनाएको छ ।




