
गोरखाको आहालेमा उमेश अर्याल स्मृति सदन उद्घाटन
गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माध्यमिक विद्यालयमा नवनिर्मित उमेश अर्याल स्मृति सदनको उद्घाटन गरिएको छ । आइतबार एक समारोहका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सो स्मृति सदनको उद्घाटन गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्व कट्टेलको अध्यक्षतामा सम्पन्न भएको सदन उद्घाटन समारोहमा सो नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष नारायणप्रसाद अर्याल, दण्डपाणि अर्याल स्मृति प्रतिष्ठानकी सचिव गीता रेग्मी, उमेश अर्यालका दाजु निर्मल अर्याल, विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, मेयर पन्त लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
गोरखा नगरपालिका दरबारमार्ग स्थायी घर भई फ्रान्समा बसोबास गर्दै आएका उमेश अर्यालको २०७४ सालमा निधन भएको थियो । उनकै स्मृतिमा उनका पिता हरिहर अर्यालले पढाएको विद्यालयमा सातलाख ५० हजार रुपैंयाको लागतमा सो सदन निर्माण गरिएको हो ।




