| आइतवार, कार्तिक २२, २०८३

पहिरोले सोती, लापुबेशी सडकखण्ड दुईदिनदेखि अबरुद्ध

 

गोरखा : बुधबार गएको पहिरोले लापुबेशी, सोती सडकखण्ड अबरुद्ध भएको छ । उतिसघारीनेर ठूलो पहिरो आउँदा मान्छे तथा पशुचौपाया समेत हिड्न नसकेको धार्चे गाउँपालिका ३ का वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

‘घरजत्रो ढुंगा खसेर बाटो थुनेको छ’, गुरुङले भने, ‘भारी बोकेर गएको खच्चड पनि फर्किनु परेको छ ।’

सो बाटो हुदै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका १४ गाउँपालिकाका बासिन्दा आवतजावत गर्नेगर्छन् । बाटो अबरुद्ध हुँदा मान्छे आवतजावत गर्न र अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्