| आइतवार, कार्तिक २२, २०८३

ध्वनि आतंक मच्चाउने बाइकका चालक प्रहरीको फन्दामा

 

गोरखा बजारमा अस्वभाविक आवाज दिई चलाइएका चारवटा मोटरसाइकलका धनीलाई जरिबाना गरिएको छ । साइलेन्सर पाइपको स्वरुप परिबर्तन गरी ठूलो आवाज दिने बनाइएका एउटा मोटरसाइकल ठूलोआँगनबाट र तीनवटा मोटरसाइकल हरमटारीचोकबाट नियन्त्रणमा लिई कारबाही गरेर छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वरुप परिवर्तन गरिएको बा ६५ प ६१४३ नंबरको बाइकका चालक मानबहादुर गुरुङलाई ठूलोआँगनबाट नियन्त्रणमा लिइएको थियो भने ग १४ प ५३१० नंबरको बाइकका चालक विष्णुबहादुर घले, ग १३ प ८१४४ का चालक कुशल उप्रेती र ना १ ब २०७८ नंबरका बाइकका चालक पुतबहादुर गुरुङलाई हरमटारीचोकबाट नियन्त्रणमा लिइएको थियो ।

उनीहरु सबैको बाइकको स्वरुप सामान्य गराई जनही एकहजार रुपियाँ जरिबाना गरी छाडिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्