| आइतवार, कार्तिक २२, २०८३

गोरखाका उद्यमीहरुलाई बजारीकरण सम्बन्धमा तालिम

 

गोरखाका उद्यमीहरुलाई बजारीकरण सम्बन्धमा तालिम दिईएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति गोरखाको आर्थिक सहयोगमा तालिम भएको हो ।

जिल्लाका ३० जना उद्यमी सहभागी तालिममा कुशललाल श्रेष्ठ र रीता रेग्मीले ब्यबसाय सञ्चालनमा ख्याल गर्नुपर्ने विषय तथा बजारीकरणमा सम्बन्धमा सहजिकरण गरेका थिए ।

संघका अध्यक्ष जीवनज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा    प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, संघका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रमुख उद्योग अधिकृत नवराज राउत लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्